काठमाडौँ – महालक्ष्मी वायर्स एन्ड केबल्सले आफ्नो नयाँ उत्पादन जल पाइप्स एन्ड फिटिङ्स औपचारिक रुपमा बजारमा ल्याएको छ ।  अरिहान्त ग्रुपको विजनेश युनिटको रुपमा रहेको उक्त उत्पादन बिहीबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिकगरिएको हो ।


ADVERTISEMENT


ब्राण्ड नाम र टयागलाइन अनाउन्स गरेर मनिषा कोइराला, गिरिस जैन, पारस लुनिया र जापानबाट आएका अतिथिले संयुक्त रुपमा उत्पादन सार्वजनिक गरेका छन् ।


ADVERTISEMENT

# # #


सार्वजनिकीकरण कार्यक्रममा उपस्थित हुनेहरुमा अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैन र जल पाइप्स एण्ड फिटिङसकी ब्राण्ड एम्बास्डर मनिषा कोइराला रहेका थिए । । उत्पादन सार्वजनिक कार्यक्रम भब्य समारोहकाबीच सम्पन्न भएको थियो जहाँ जापान सेकिसुईबाट समेत अतिथिको उपस्थित थिए ।

के हो जल पाइप्स ?

जल पाइप्स एण्ड फिटिङस अस्ट्रिया, जर्मनी र जापानको प्रविधि प्रयोग गरेर उत्पादन गरिन्छ । उत्पादन उद्देश्यका लागि कम्पनीले सेकिसुइ जापानिजसँग पनि सहकार्य गरेको छ । जल पाइप्स एण्ड फिटिङसबारे बोल्दै जापान सेकिसुइका अतिथिले भने, ‘जल पाइप्स एण्ड फिटिङस गुणस्तर र विश्वासको सङकेत हो, हाम्रो उद्देश्य ग्राहकलाई उच्च गुणस्तर दिने र विश्वास लिने हो ।’

त्यसैगरी जल पाइप्स एण्ड फिटिङसकी ब्राण्ड एम्बास्डर तथा अभिनेत्री मनिषा कोइरालाले जल पाइप्स एण्ड फिटिङस जस्तो ब्राण्डको अंग हुन पाएकोमा खुसी व्यक्त गरिन् । यस्तै अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैनले आफ्ना अन्य उत्पादन जस्तै यसलाई पनि विश्वास गर्ने अपेक्षा गरे । अरिहान्त समूहका देशभर विभिन्न २२ वटा व्यापारिक क्षेत्र ‘बिजनेस युनिट’मा संलग्न छ।

अरिहान्त होलिडेज, महालक्ष्मी केबल्स, अरिहान्त अटोकोरुगेसन, अरिहान्त आइरन एन्ड स्टिल उधोग, अरिहान्त क्यामिकल्स, संसरा रेमिट तीमध्ये हुन्।