काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा सोमबार स्वास्थ्य परीक्षण गराएकी छिन् ।


ADVERTISEMENT


अस्पतालमा पुगेर उनले पेटको स्वास्थ्य जाँच गराएकी हुन्।अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाकाअनुसार उनले पेटको इन्डोस्कोपि गराएकी थिइन्।


ADVERTISEMENT

# # #


राष्ट्रपति भण्डारी ९ दिने भ्रमणका लागि बुधबार बेइजिङ जाँदै छिन । बेल्टएण्ड रोड इनिसिएटिभ (बिआरआई)को दोस्रो शिखर सम्मेलनमा सहभागी हुन चीन जान लागेकी राष्ट्रपति भण्डारीले भ्रमणका बेला स्वास्थ्य समस्या नओस् भनेर सजग देखिएको जाँचमा संलग्न एक चिकित्सकले बताए।