काठमाडौँ – अन्तर प्रदेश परिषदको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका मन्त्रीहरु र प्रदेशका मुख्यमन्त्रीहरु सहभागी रहेका छन् । तर प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत भने उपस्थित छैनन् ।


ADVERTISEMENT


प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सुरु भएको बैठकमा आर्थिक वर्ष २०७६/७७ को बजेट र योजनाका विषयमा छलफल केन्द्रित हुने जनाइएको छ ।


ADVERTISEMENT

# # #


यसअघि गत चैत २१ गते बसेको अन्तर प्रदेश परिषदको बैठकमा मुख्यमन्त्रीहरुले आर्थिक वर्ष २०७६/७७ मा कम्तिमा ३३ प्रतिशत बजेट माग गरेका थिए ।

संघ, प्रदेश तथा अन्तरप्रदेश बीचको विवाद समाधान गर्ने विषयमा छलफल गर्ने सम्बन्धी ब्यवस्था संविधानको धारा २३४ मा छ । संविधानको धारा २३४ मा प्रधानमन्त्रीको अध्यक्षतामा गृह, अर्थ र मुख्यमन्त्री सदस्य हुने अन्तरप्रदेश परिषदको व्यवस्था छ।

तस्बिर : प्रधानमन्त्रीको सचिवालय