काठमाडौं – नायिका रेखा थापासँग ‘हिम्मतवाली’ चलचित्रमा अभिनय गरेर चर्चामा आएका सुदर्शन गौतमविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको छ ।


ADVERTISEMENT


केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीका अनुसार बिहीबार गौतमविरुद्ध रेड नोटिस जारी भएको हो ।


ADVERTISEMENT

# # #


रेड नोटिस पक्राउ पूर्जी होइन तर, यो जारी भएपछि विश्वभरि रहेका इन्टरपोलका सदस्य रहेका प्रहरीले सम्बन्धित व्यक्तिलाई ‘लोकेट’ गर्छ । र, अभियुक्तविरुद्ध नोटिस जारी गर्न सिफारिस गर्ने देशमा डिपोर्ट गर्ने प्रक्रिया थाल्छ ।

चर्चित ३८ क्वीन्टल सुन तस्करी प्रकरणका वेला जारी भएको नोटिसमा यूएई प्रहरीले नेपाल प्रहरीलाई अभियुक्त लिन त्यहीँ बोलाएको थियो । हाल सुदर्शन भने क्यान्डामा भएको बताइन्छ र उनको हकमा के हुन्छ भन्ने क्यानडा प्रहरीको निर्णयमा भर पर्छ ।

गौतमविरुद्ध महानगरीय अपराध महाशाखाले मुद्दा चलाएको थियो । रेड नोटिस पनि महाशाखाकै सिफारिसमा जारी भएको हो । मानव तस्करी गर्ने एउटा समूहलाई पक्राउ गर्ने क्रममा उनीको नाम पोलिएपछि उनलाई फरार प्रतिवादी बनाएर मुद्दा पेश गरिएको थियो ।

दुवै हात नभएका गौतम कृत्रिम अंग नलगाइ सगरमाथा आरोण गर्ने व्यक्तिसमेत हुन् ।