काठमाडौं – अष्ट्रेलियाका अलराउण्डर सेन वाट्सनले बिग ब्यास लिग (बीबीएल) नखेल्ने घोषणा गरेका छन् । बीबीएलमा सिड्नी थण्डरका कप्तानसमेत रहेका ३७ वर्षीय वाट्सनले परिवारलाई समय दिने भन्दै सन्यासको घोषणा गरेका हुन् ।


ADVERTISEMENT


बीबीएलबाट बाहिरिएपनि एनएसडब्लू प्रिमियर क्रिकेटमा सदरल्याण्ड डीसीसी र निश्चिच विदेशी लिग भने खेल्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


विगत चार वर्षदेखि सिड्नी थण्डरमा आवद्ध उनले सबैलाई धन्यवाद दिएका छन् ।

वाट्सन १२ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नइ सुपर किंग्सबाट खेलिरहेका छन् ।

२०१६ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सम्यास लिएका वाट्सन सन् २०१५ मा भारतमा भएको एक दिवसीय विश्वकप अष्ट्रेलियाले जित्दा महत्वपूर्ण सदस्य रहेका थिए ।

उनले अष्ट्रेलियाको राष्ट्रिय टिमबाट ५९ टेष्ट, १९० एकदिवसीय र ५८ टी २० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।