काठमाडौँ – थाइल्याण्डमा जारी एशियन क्रिकेट काउन्सिल (एसीसी) यू–१६ क्रिकेट प्रतियोगिता अन्तर्गत फाइनलमा नेपालले मलेसयालाई १४१ रनको चुनौति दिएको छ ।


ADVERTISEMENT


टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि  नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन बनाए । उनले ६७ बलमा ५ चौका प्रहार गरे ।


ADVERTISEMENT

# # #


यस्तै दीपक बोहराले २३ तथा कप्तान विशाल विक्रम केसीले १७ रन जोडे । दीपकले १९ बलमा २ चौका र एक छक्का प्रहार गरे भने विशालले २७ बलमा एक छक्का हाने ।

निखिल कुमार सिंह १३ रनमा पेवेलियन फर्किँदा अन्यले दोहोरो अंक छुन सकेनन् ।

यता मलेसियाका लागि साचिनु हेटिजले सर्वाधिक ३ विकेट लिए । यस्तै जिनेन्द्र मुरलीले २ तथा अहमद अकमल अलिफ, मोहम्मद अस्ररफ, सिद्र्धाथ कार्थिक र सर्भेन सुरेन्दनले समान १-१ विकेट लिए ।

डिफेण्डिङ च्याम्यिन नेपाललाई उपाधी सुरक्षित गर्ने चुनौति रहेको छ ।