काठमाडौँ, फागुन १५। नेपाली काँग्रेसले संविधान संशोधन प्रस्तावलाई जसरी भए पनि पारित गराइछाड्ने जनाएको छ ।


ADVERTISEMENT


तराई–मधेसबाट प्रतिनिधित्व गर्ने काँग्रेसका सांसदसँग संशोधन प्रस्तावका सम्बन्धमा छलफल गर्न आज बोलाइएको बैठकले जसरी भए पनि संशोधन पारित गर्नुपर्ने सुझाव दिएको छ । सांसदले प्रतिपक्षी नेकपा (एमाले) लगायत सबै दलसँग छलफल गरी संशोधन प्रस्ताव पारित गर्न सुझाव दिएको बैठकपछि सभापति शेरबहादुर देउवाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रस्तावमाथि थप पूरक प्रस्ताव आउँछ कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले हाल दर्ता भएको प्रस्ताव नै पारित हुने विश्वास व्यक्त गरे । एक फरक प्रसङ्गमा सभापति देउवाले राजदूत नियुक्तिको विषय पार्टी केन्द्रीय समितिमा छलफल गर्न आवश्यक नरहेको बताएका थिए ।

बैठकमा सहभागी काँग्रेस नेता फरमुल्ला मन्सुरले प्रस्ताव ‘सम्पूर्ण तराई–मधेसका जनताको हितमा भएकाले’ प्रस्ताव पारित गर्न काँग्रेस एक ढिक्का भएर लाग्ने कुरा उल्लेख गरे ।

‘मधेसी जनतालाई अधिकारसम्पन्न बनाउन र संविधानप्रतिको असन्तुष्टि समाप्त पार्न संशोधन आएकाले’ यसलाई जसरी भए पनि पारित गराउनुपर्ने निष्कर्षमा काँग्रेस पुगेको उनको भनाइ थियो । पूरक प्रस्तावका सम्बन्धमा नेता मन्सुरले सत्ता पक्ष सबै दलको सहमतिमा अघि बढ्ने धारणा व्यक्त गरे ।