काठमाडौँ – राष्ट्रपति विद्या भण्डारीले संघीय संसदमा सार्वजनिक गरेको सरकारका नीति तथा कार्यक्रमको भाषालाई लिएर आलोचना सुरु भएको छ ।
राष्ट्रपति भण्डारीले बारम्बार ‘मेरो सरकार’ भनेपछि आलोचना भएको हो ।


ADVERTISEMENT


यही विषयलाई लिएर नेपली कांग्रेसका युवा नेता गगन थापाले पनि टिप्पणी गरेका छन् । उनले सरकारको नीति तथा कार्यक्रम सुन्न आएपनि राष्ट्रपतिको निजी सरकारको कार्यक्रम घोषणा भइरहेको भन्दै व्यङ्ग्य गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले भनेका छन्, ‘म त नेपाल सरकारको (जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको ,यहाँ त राष्ट्रपतिज्यू बाट महामहिम ज्यू को निजी सरकार को कार्यक्रम को पो घोषणा भैरहेको छ। प्रधानमन्त्रीज्यू,नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला ?’