काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सार्वजनिक गरेको सरकारका नीति तथा कार्यक्रमको भाषालाई लिएर आलोचना सुरु भएको छ । राष्ट्रपति भण्डारीले बारम्बार ‘मेरो सरकार’ भनेपछि आलोचना भएको हो ।


ADVERTISEMENT


नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि राष्ट्रपतिको सरकार भनेर प्रश्न गरेका छन् । उनले राष्ट्रपतिले ‘मेरो सरकार’ शैली राजाको सिको गर्नु संविधानको विरुद्धमा रहेको टिप्पणी गरे ।


ADVERTISEMENT

# # #


उनले भनेका छन्, ‘सम्माननिय प्रधानमन्त्री केपी ओली, मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि राष्ट्रपतिको सरकार ? कुनैबेला ‘श्री ५ को’ सरकार थियो, राजाले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्थे । आज राष्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा व्यवस्था छ ?’

राजतन्त्र बिदा गरेका नेपालीलाई ‘रानी’ बोक्ने कुनै रहर छैन : विश्वप्रकाश शर्मा

गगन थापाको प्रश्न, ‘प्रधानमन्त्रीज्यू, नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कता आऊँ ?’

यही विषयलाई लिएर नेपली कांग्रेसका युवा नेता गगन थापाले पनि टिप्पणी गरेका छन् । उनले सरकारको नीति तथा कार्यक्रम सुन्न आएपनि राष्ट्रपतिको निजी सरकारको कार्यक्रम घोषणा भइरहेको भन्दै व्यङ्ग्य गरेका छन् ।

उनले भनेका छन्, ‘म त नेपाल सरकारको (जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको ,यहाँ त राष्ट्रपतिज्यू बाट महामहिम ज्यू को निजी सरकार को कार्यक्रम को पो घोषणा भैरहेको छ। प्रधानमन्त्रीज्यू,नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला ?’

कसले के भने ?

सञ्चारकर्मी भुषण दाहालले राष्ट्रपतिले संसदमा ‘मेरो सरकार’ भन्नुको पछाडीको आफ्नो अनभिज्ञता स्पष्ट पारिदिन आग्रह गरेका छन् ।

यस्तै चैतेन्द्र नामका ट्वीटर प्रयोगकर्ताले भनेका छन्, ‘सामन्ती भनिएको राजतन्त्र हटाएको महारानी स्थापित गर्न होईन् । चेतना होस् ‘मेरो सरकार’ भन्दै संसदमा संवोधन गर्ने राष्ट्रपतिलाई महारानी बनेको भ्रम छ भने एकपटक संविधान पढेर छर्लङग हुन अनुरोध छ ।’