काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमबारे संसदमा बोल्दै गर्दा नेपाली कांग्रेसका सांसदहरुले विरोध गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका सांसदहरुको सोधेको प्रश्नको उत्तर दिने रोष्टममा पुग्ने वित्तिकै आक्रोस, कुण्ठा र निम्छरा अभिव्यक्तिहरुको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु भनेपछि कांग्रेसले आपत्ति जनाएको हो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीले जवाफ दिन लाग्दा काँग्रेसका सांसद मिनबहादुर विश्वकर्माले उठेर विरोध जनाए । त्यसलगत्तै काँग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्रीको अभिव्यक्ति संसदीय मर्यादा विपरित भएको भन्दै रेकर्डबाट हटाउन आग्रह गरे ।

काँग्रेसका सबै सांसदहरु आफ्नो सिटबाट उठेर आफ्ना प्रश्नको स्पष्ट जवाफ माग गरेका थिए । सभामुख कृष्णबहादुर महाराले पटक–पटक आफ्नो सिटमा बस्न कांग्रेसका सांसदहरुलाई आग्रह गरेपनि उनीहरुले विरोध गरिरहे ।

सभामुख महराले प्रधानमन्त्रीलाई अघि बढ्न आग्रह उनले संसदमा अपशब्द बोल्ने भन्दै प्रश्न गरे । उता काँग्रेस सांसदहरुले पनि रेकर्ड सुनाउन सभामुखलाई आग्रह गरे ।

काँग्रेस सांसदहरुका नाराबाजीका बीच प्रधानमन्त्री केपी ओलीले द्वन्द्वकालीन घटना समाधानका लागि सरकारले काम गरिरहेको बताएर आफ्नो जवाफ सकिएको बताए ।