जुम्ला – गत वैशाख ५ गतेदेखि बन्द जुम्ला विमानस्थल संचालनमा आएको छ।विमानस्थल स्तरोन्नतिको काम सकिएपछि तीन साता अघिदेखि बन्द भएको एयरपोर्ट संचालनमा आएको हो।


ADVERTISEMENT


विमानस्थल प्रमुख कैलाश शर्माका अनुसार विमानस्थल संचालनपछि बुधबारदेखि समिट, तारा, सीता र नेपाल एयरलाइन्सका जहाँजले उडान भर्न सुरु गरेका छन्।


ADVERTISEMENT

# # #


विमानस्थलको रनवे काम सबै सकिएको उनले बताए। विमानस्थलको ६ सय ७५ मिटर रनवेको कालोपत्रे गरीएको छ, पार्किङको काम जारी छ उनले भने, ‘दुई चरणमा काम गरेका हौं, पहिलो चरणमा ३ सय बढी मिटर रनवे कालोपत्रे गरिएको हो।’

एपेक्सपृथ्वी र अमित जेभीले ४ करोड ५२ लाखमा विमानस्थल स्तरोन्नतिको जिम्मा पाएका थिए। विमानस्थल पुनस् संचालन भएपछि जुम्लादेखि सुर्खेत, नेपालगञ्जसम्मको हवाई यात्रा सहज भएको छ। २०४० देखि यता विमानस्थल मर्मतको काम हुनसकेको थिएन। यसअघि विमानस्थलको कालोपत्रे उप्किएर घाँस उम्रिदा जहाज अवतरण गर्न र उडान भर्न समस्या थियो।