काठमाडौं । नेपाली सेनाका उपरथी निरञ्जन कुमार श्रेष्ठलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । उपरथी श्रेष्ठलाई आज जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।


ADVERTISEMENT


मन्त्रीपरिषद्को गत वैशाख २३ गतेको बैठकले निरीक्षण निर्देशनालयका निर्देशक सहायक रथी रहेका श्रेष्ठलाई उपरथीमा पदोन्नति गरेको थियो ।


ADVERTISEMENT

# # #


साथै, उपरथी श्रेष्ठलाई उपत्यका पृतनामा पृतनापतिको जिम्मेवारी दिईएको छ ।