काठमाडौं – क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटको प्लेयर ड्राफ्टमा चार नेपाली खेलाडी परेका छन् ।


ADVERTISEMENT


नेपालका सन्दीप लामिछानेसँगै दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र रोहितकुमार पौडेल परेका हुन् । ड्राफ्ट २२ मेमा लण्डनमा हुनेछ । त्यसअघि ५३६ खेलाडीको सूची सार्वजनिक भएको छ ।


ADVERTISEMENT

# # #


सन्दीपले गत सिजन पनि क्यारेबियन लिग खेलेका थिए ।