काठमाडौँ – प्रमुख विपक्षी नेपाली कांग्रेसले छायाँ सरकार गठन गरेको छ । सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिमको छाया सरकार बनाएका हुन् ।


ADVERTISEMENT


सरकारका काम कारबाहीबारे रेखदेख गर्न कांग्रेसले एक मन्त्रालयमा एक संयोजक सहितको छायाँ सरकार बनाएको हो । छाँया सरकारका रुपमा रहेर कांग्रेस सांसदहरुले आफूलाई तोकिएको मन्त्रालयको काम कारबाहीको निगरानी गर्नेछन् ।


ADVERTISEMENT

# # #


हेर्नुस् कांग्रेसको छायाँ सरकारका संयोजक

ज्ञानेन्द्रबहादुर कार्की – उर्जा

नारायण खड्का – परराष्ट्र

मिनेन्द्र रिजाल –अर्थ

दिलेन्द्रप्रसाद बडू – गृह

उमाकान्त चौधरी – शहरी विकास

किशोर सिंह राठौर – खेलकुद

गगन थापा – शिक्षा

सुजाता परियार – खानेपानी

पार्वती डिसी चौधरी – स्वास्थ्य

देवेन्द्र कँडेल – पर्यटन

डिला संग्रौला – श्रम

बहादुर सिंह लामा – सञ्चार

लक्ष्मी परियार – भूमिसुधार

अतहर कमाल मुसलमान – संघीय मामिला

पद्मनारायण चौधरी – कृषि

उमा रेग्मी – महिला

भीमसेनदास प्रधान  – रक्षा

सञ्जयकुमार गौतम – भौतिक पूर्वाधार

राजेन्द्र केसी – वन

राधेश्याम – कानुन