काठमाडौं । वैशाख २०७२ को विनाशकारी भूकम्पले भत्किए पछि लामो समय अलपत्र रहेको ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) चीनले निर्माण थाले पछि १० महिनामा नै गगनचुम्बी भएर ठडिएको छ ।


ADVERTISEMENT


शुक्रबार चिनियाँ राजदूत हउ यान्छी, नेपाली अधिकारी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीले स्कुल पुनर्निर्माणको अवलोकन गरेका छन् । चिनियाँ राजदूत हउले कोठा–कोठा घुम्दै पुनर्निर्माणको प्रगति अवलोकन गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


१२८ वर्षे इतिहास बोकेको दरबार हाइस्कुल चीनको आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माण गरिएको हो । चीनले जिम्मा पाएको १० महिनाभित्रै भवन तयार भएको छ । भवनमा अब फिनिसिङको काम मात्र बाँकी छ ।

२०७५ साल साउन १८ गतेबाट दरबार हाइस्कुलको निर्माण कार्य सुरु भएको थियो । पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवालीले चिनियाँ सहयोगप्रति आभार प्रकट गरेका छन् ।

चिनियाँ राजदूत हउ यान्छीले नेपालमा भूकम्पले क्षति पुर्‍याएका २५ संरचना पुनर्निर्माणमा चीनले उच्च प्राथमिकता दिएको बताइन् । चीनले जिम्मा लिएका २५ संरचनामध्ये ६ वटामा काम जारी छ । त्यसैमध्येको एउटा दरबार हाइस्कुल पनि हो । उनले दरबार हाइस्कुलको मुख्य भवनको बाँकी काम पनि छिट्टै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

प्राधिकरणका अधिकारीहरु दरबार हाइस्कुल निर्माण भूकम्पपछिको पुनर्निर्माणकै रोलमोडल परियोजना भएको बताउँछन् ।