काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अष्ट्रियाको भियना प्रस्थान गरेका छन् । जेठ १४ गते राजधानी भियनामा सुरु हुने आर–२० अष्ट्रियन विश्व सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पुन आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।


ADVERTISEMENT


उपराष्ट्रपति पुन बिहान ९ः२० बजेको उडानबाट कतार एयरवेजको उडानबाट भियनातर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । उपराष्ट्रपति पुनको भ्रमण टोलीमा उनकी श्रीमती हस्तमाली पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत लगायत छन् ।


ADVERTISEMENT

# # #


उपराष्ट्रपतिले १३ जेठमा बहुपक्षीय कुटनीतिक फोरम भियना अन्तर्राष्ट्रिय सेन्टरको ४० औं वार्षिक उत्सव कार्यक्रममा सहभागिता जनाउनेछन् । जेठ १४ गते उनले आर–२० अष्ट्रियन विश्व सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसपछि उनी अष्ट्रियाका संघीय राष्ट्रपतिले दिने दिवाभोजमा सहभागी हुनेछन् । त्यस्तै आर–२० सम्मेलनको समूहगत छलफलमा पनि सहभागी हुनेछन् । अष्ट्रिया भ्रमणका क्रममा उपराष्ट्रपति पुन जेठ १५ गते अन्तर्राष्ट्रिय सगरमाथा दिवसको कार्यक्रममा पनि सरिक हुनेछन् ।

उपराष्ट्रपति पुन जेठ १६ गते स्वदेश फर्किने कार्यक्रम छ ।