सिन्धुपाल्चोक – चार वर्षपछि तातोपानी नाका सञ्चालनमा आएको छ । ‘गोरखा भूकम्प’का कारण बन्द भएको नेपाल र चीन जोड्ने पुरानो तातोपानी नाका गणतन्त्र दिवसका अवसरमा सञ्चालनमा ल्याइको हो ।


ADVERTISEMENT


नेपाल र चीन जोड्ने मितेरी पुलमा उद्योगमन्त्री मात्रिका यादव र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका उपमन्त्री तथा चिनियाँ राजदूतको उपस्थितिमा पहिलो दिन तिब्बतको खासाबाट ऊन बोकेका ४ ट्रक नेपाल प्रवेश गरेका छन् । भूकम्पबाट खण्डहर भएको नेपाल–चीन जोड्ने मितेरी पुल विगतकोभन्दा फराकिलो बनाइएको छ । हालको भन्सार कार्यालय रहेकोभन्दा ६ किलोमिटर तल अत्याधुनिक सुक्खा बन्दरगाह निर्माण भइसकेको छ ।


ADVERTISEMENT

# # #


कूल चार दशमलब दुई हेक्टरमा निर्माण भएको बन्दरगाहमा १५८ ठूला कन्टेनर र २३ वटाभन्दा बढी कार अट्ने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । समितिका उपनिर्देशक हरिकृष्ण मिश्रले बन्दरगाहलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन विद्युत्, सञ्चार, अन्य भौतिक सामग्री उपलब्ध गराइदिन यहाँस्थित चिनियाँ दूतावासलाई आग्रह गरिएको र केही समयभित्रै आइपुग्ने बताए ।

भूकम्पले समस्यामा पारेको बन्दरगाहलाई चिनियाँ कम्पनी चाइना रेल्वे १४ औँ ब्यूरो समूहले उक्त बन्दरगाह निर्माण गरेको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिले सो बन्दरगाहलाई सञ्चालनमा ल्याउँदैछ । अत्याधुनिक संरचनासहितको उक्त पूर्वाधारले पनि व्यापार व्यवसायको प्रवद्र्धन गर्न सहयोग पुर्याउनेछ ।