एजेन्सी– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तान वेस्ट इन्डिजसँग सात विकेटले पराजित भएको छ । इङ्ल्यान्डमा जारी विश्वकप अन्तर्गत शनिबार साँझ भएको खेलमा पाकिस्तानले दिएको एक सय ६ रनको सामान्य विजयी लक्ष्य पाकिस्तानले १३.४ ओभरमा तीन विकेटको क्षथिमा पूरा गरेको थियो ।


ADVERTISEMENT


वेस्ट इन्डिजको जितमा क्रिस गेलले ५० रनको अर्धशतकीय इनिङ खेले । निकोलस पुरनले अविजित ३४ र साई होपले ११ रन बनाए । बलिङमा पाकिस्तानका मोहमद आमिरले तीन विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २१.४ ओभअरमा सबै विकेट गुमाएर एक सय ५ रन मात्र बनाउन सकेको थियो ।


ADVERTISEMENT

# # #


खराब ब्याटिङ गरेको पाकिस्तानका लागि फखर जमान र बाबर आजमले २२/२२ रन बनाए । वाहब रियाजले १८ र मोहमद हाफिजले १६ रन बनाएका थिए । ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेन । पाकिस्तानलाई सस्तैमा समेट्न वेस्ट इन्डिजका ओसुमाने थोमसले चार विकेट लिए । जासन होल्डरले तीन तथा आन्द्रे रसेलले दुई विकेट झारेका थिए ।