काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले मोरङको विराटचोकमा पूर्ण सुविधा सहितको नयाँ शोरुम संचालनमा ल्याएको छ ।


ADVERTISEMENT


मोरङका ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले एचएच बजाजले आफ्नो सञ्जाल बढाउँदै बिराटचोकमा नयाँ शोरुम ‘मनकामना अटोमोबाईलस्’ संचालन गरेको हो । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस्, सेल्स्, सेवा तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ ।


ADVERTISEMENT

# # #


यसैको माध्यमबाट एचएच बजाजले देशभर आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । एचएच बजाजले देशभरका ग्राहकहरुलाई थप सुविधा सहित गुणस्तरीय तथा छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै एचएच बजाजका जेनेरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी मोरङको बिराटचोकमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा अत्यन्तै खुसी छौं । ग्राहकहरुको बढ्दो मागकै कारण हामीलाई बिराटचोकमा नयाँ शोरुम संचालन गर्न उत्साहित बनाएको हो । यो विस्तारसँगै मोरङका ग्राहकहरु विभिन्न माध्यमबाट लाभान्वित हुनेछन् ।’