सर्लाही – प्रहरीले सर्लाहीमा अवैध ४ केजी लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको विष्णु गाउँपालिका–६ बाट शनिबार दिउँसो कौडेना गाउँपालिका–७ लक्ष्मीपुर सुखचैना बस्ने २० वर्षीय अजय मिश्र र सोही ठाउँ बस्ने २० वर्षीय विवेक साहलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


कौडेनाबाट भारततर्फ जाँदै गरेको बिआर ३० टि ७४१९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको डिक्किभित्र लुकाइछिपाई ल्याएको उक्त लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरुमध्ये अजय मोटरसाइकल चालक हुन भने विवेक मोटरसाइकलमा सवार थिए ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।