काठमाडौँ – नायिका नम्रता श्रेष्ठलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको चलचित्र ‘जाइरा’को टिजर रिलिज भएको छ । भदौ ६ गतेबाट रिलिजमा आउने चलचित्रको टिजरमा नम्रतालाई मात्र देखाइएको छ । यो चलचित्रको केन्द्रिय भूमिकामा नम्रता छिन् ।


ADVERTISEMENT


आशुतोष राज श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रमा नायिका श्रेष्ठ मार्शल आर्ट खेलाडीको भूमिकामा देखिएकी छिन् । चलचित्रमा उनको साथमा अनुप बिक्रम शाही, प्रमोद अग्रहरि, रेमनदास श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।


ADVERTISEMENT

# # #


साथमा, चलचित्रमा नयाँ कलाकारको रुपमा श्रृजना रेग्मी, सुजिता श्रेष्ठ र सम्राट मगरको मुख्य भूमिका छ । श्रृजना रेग्मी पनि चलचित्रमा खेलाडीको रुपमा देखिएकी छिन् ।

केशव थापाको नृत्य निर्देशन रहेको चलचित्रमा बाबु श्रेष्ठको छायांकन छ । चलचित्रमा निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा, कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत छ ।