काठमाडौं – देशकै उत्कृष्ट र गुणस्तरीय ओ.पी.सी. सिमेन्ट उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट प्रा.लि.ले आम उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर पी.पी.सी. सिमेन्ट औपचारिक रुपमा नेपाली बजारमा ल्याएको छ ।


ADVERTISEMENT


नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको प्रमाणित गरी शुक्रबार नेपाल सरकार उद्योग, वाणिज्य तथा नापतौल विभागले कम्पनीलाई एन.एस. चिन्ह प्रदान गरेसँगै कम्पनीले आइतबारदेखि पीपीसी सिमेन्टलाई देशैभरिको बजारमा बिक्रीका लागि ल्याएको हो ।


ADVERTISEMENT

# # #


कम्पनीले विगतमा ओ.पी.सी. सिमेन्टमा हासिल गरेको सफलता र उपभोक्ताको विश्वासलाई थप बढोत्तर गरी राष्ट्रको विकास–निर्माणमा योगदान गर्ने उदेश्यको साथ पीपीसीसिमेन्टको उत्पादन थालेको हो ।

अर्घाखाँची पी.पी.सी. सिमेन्ट सार्वजनिक गर्ने क्रममा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा कम्पनीका निर्देशक पशुपति मुरारकाले सिमेन्टको गुणस्तरमा कुनै सम्झौता नगरेको बताए । “नयाँ प्रविधि र उपभोक्ताको बढ्दो मागका कारण हामीले अर्घाखाँची पी.पी.सी. सिमेन्ट उत्पादन गर्न सुरु गरेको हौं ।” उनले भने “पीपीसी सिमेन्टको उत्पादन र बिक्रीवितरणसँगै बिक्रेता, उपभोक्ता एवं निर्माणकर्मीहरु माझ उच्च गुणस्तरको सिमेन्ट उपलब्ध गराउने हाम्रो प्रतिबद्धतामा नयाँ उपलब्धी हासिल गर्न हामी सफल भएका छौं ।”

यस्तै उनले उत्पादनप्रति ग्राहकहरुको विश्वास थप मजबुत हुनेमा हामी विश्वस्त रहेको बताए ।

कम्पनीले हाल विश्वमा प्रचलित अत्याधुनिक एफएल स्मिथको डेनिस प्रविधिको भीआरएम मेसिनबाट गुणस्तरिय सिमेन्ट उत्पादन गर्दै आएको छ । साथै आफ्नै खानीको चुनढुङ्गाको प्रयोगद्धारा क्लिंकर बनाइने हुनाले अर्घाखाँची सिमेन्ट कम्पनीको उत्पादनहरुको गुणस्तरमा एकरुपता रहँदै आएको छ ।