एजेन्सी – इङ्ल्याण्डमा जारी क्रिकेट विश्वकपमा आफ्नो दोस्रो खेलमा नै शतक प्रहार गरेका भारतीय आपनिङ ब्याट्सम्यान शिखर धवन विश्वकपबाट बाहिरिएका छन् । सुरुदेखि नै लयमा देखिएका धवन आउट भएसंगै भारतलाई झट्का लागेको छ ।


ADVERTISEMENT


बायाँ हातमा चोट लागेपछि धवन विश्वकपबाट बाहिरिएका हुन् । ९ जुनमा अष्ट्रेलियाविरुद्धको खेलमा शतक हानेर नायक बनेका धवनलाई उक्त खेलमा कल्टर नाइलको बल हातमा लागेको थियो । चोटका बाबजुत पनि ११७ रन बनाएपनि फिल्डिङ गरेका थिएनन् । उनको स्थानमा फिल्डिङ रवीन्द्र जडेजाले गरेका थिए । जाँचपछि उनको हातको औँला फ्क्चर भएको पत्ता लागेको हो ।


ADVERTISEMENT

# # #


धवन तीन हप्ताका लागि टिमबाट बाहिरिएका छन् । यसअवधिमा भारतले विश्वपमा दुईवटा खेल खेल्नेछ । भारतले १३ जुनमा न्यूजिल्याण्ड र १६ जुनमा पाकिस्तानको सामना गर्दैछ । महत्वपूर्ण मानिएका खेलमा टिमका बलिया ओपनर गुमाउनु भारतका लागि एक ठूलो झट्का हुन सक्छ ।

धवनको ठाउँमा को ?

धवन टिमबाट आउट भएसंगै उनको स्थानमा को आउला भन्ने चर्चाको विषय बनेको छ । धवनको ठाउँमा ऋषभ पन्त वा अम्बाती रायडूमध्ये एकले मौका पाउने सम्भावना बलियो छ । भारतीय क्रिकेट बोर्डले यी दुबै जनालाई यसअघि नै तयारी अवस्थामा राखेको थियो ।

ओपनिङमा को आउलान् ?

धवन घाइते भएपछि भारतीय टिमको ओपिनिङमा रोहित शर्माको जोडीको पर्खाई रहेको छ । विश्वकपमा २ खेलमा मध्यक्रममा ब्याटिङ गरेका लोकेश राहुललाई टिममा तेस्रो ओपनरका रुपमा सामेल गराइएको थियो । त्यसकारण राहुलले नै ओपनिङ गर्ने सम्भावना रहेको छ ।