काठमाडौं – छोरी बलात्कार आरोपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामश्रय यादव पक्राउ परेका छन्। महोतरी घर भई हाल ललितपुर बस्दै आएका यादवलाई मंगलबार महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो।


ADVERTISEMENT


उनलाई पीडितको उजुरीका आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए। प्रहरीमा करणीको उजुरी पर्नसाथ उनी मन्त्रालयबाट निलम्बनमा परिसकेका छन्।


ADVERTISEMENT

# # #


घरमा कोही नभएको मौकामा यादवले छोरीलाई आमा अहिले आउँदिन भन्दै जबरजस्ती करणी गर्दै आएको बताइएको छ । प्रहरीले उनीमाथि अनुसन्धान सुरु भएको बताएको छ।