वीरगञ्ज – सशस्त्र प्रहरीले अनौठो सर्पसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको भगालपुर भोलेनाथनगरी १७ बस्ने २७ बर्षका अमित कुमारलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


भारतको रक्सौलबाट नेपालतर्फ सर्प ल्याउँदै गर्दा वीरगञ्ज महानगरपालिका१६ भन्सार मुलगेटबाट पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । दुर्लभ अजिंगर भएको आशंकामा उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीको भनाइ छ ।


ADVERTISEMENT

# # #


अमितले ल्याएको सर्पको दुवैतिर टाउको जस्तै देखिन्छ । सर्प छोड्नका लागि सशस्त्र प्रहरीलाई २० हजार रुपैयाँको अफर गरेको भए पनि रकम नलिई नियन्त्रणमा लिएको भन्सार सुरक्षा गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काले जानकारी दिए । सर्पसहित अमितलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

जिल्ला वन कार्यालयका पर्साका प्रमुख वन अधिकृत राजेश्वरमान श्रेष्ठले भने सशस्त्र प्रहरीले बुझाएको सर्प अजिंगर नै भने नभएको बताए । उनले सर्पसहितको मानिसलाई आवश्यक कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने तयारी भइरहेको जानकारी दिए ।

कहिलेकाहीँ सपेराहरुले तराई मधेसका गाउँघरमा यस्तो सर्प ल्याएर देखाउने गरेका यस क्षेत्रका बासिन्दा बताउँछन् । अनौठो सर्प हेरेर कतिपयले सपेरालाई रकमसमेत दिने गर्दछन् ।