एजेन्सी – बेलायती राजकुमार ह्यारीले प्रधानमन्त्री केपी शर्माओलीलाई स्वागत गरेका छन् । उनले आफू बसेको केन्सिंग्टन दरबारमा प्रधानमन्त्री ओलीसहित ओलीपत्नी राधिका शाक्यलाई समेत स्वागत गरेका हुन् ।


ADVERTISEMENT


छोराको जन्म भएपछि पत्नीसंगै फ्रग्मोर कटेजमा सर्नुअघि ह्यारी यही दरबारमा बसेका थिए ।


ADVERTISEMENT

# # #


२०७२ सालको भूकम्पपश्चात ह्यारीले नेपाल भ्रमण गरेका थिए । त्यतीबेला उनले नेपालको सुन्दरता र नेपाली जनताको आतिथ्यको प्रशंसा गरेका थिए ।

प्रधानमन्त्री ओलीले आजै बेलायती प्रधानमन्त्री टेरेसा मेसंग पनि भेटवावार्ता गरेका छन् । एक साता लामो युरोप भ्रमणका लागि निस्किएका प्रधानमन्त्री ओलीले अक्सफोर्ड विश्वविद्यालयमा पनि सम्बोधन गरेको थिए ।

उनी यसअघि स्वीजरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को शतवार्षिकी समारोहमा सहभागी भएका थिए ।