काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि खुलाइएको विज्ञापन तत्काल खारेज गर्न लोकसेवा आयोगलाई पनि दवाव दिएको छ ।


ADVERTISEMENT


राष्ट्रिय जनता पार्टी, नेपालका नेता अनिलकुमार झाले सो विज्ञापन तत्काल खारेज गर्न लोकसेवा आयोगसँग पनि आग्रह गरेका हुन् । सो विज्ञापन खारेज नगरे त्यसले सरकार, देश, व्यवस्था र मुलुकको अवस्था कसैलाई पनि फाईदा नगर्ने उनको भनाई छ ।


ADVERTISEMENT

# # #


बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले समावेशी सिद्धान्तमा आधारित रहेर सो विज्ञापन पुनः खुलाउने आवश्यक व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । नेता झाले संविधानले जनजाति, दलित, मधेशी, महिला, पिछडिएका क्षेत्रलाई आरक्षणको व्यवस्था गरेपनि त्यसअनुसार सो विज्ञापन नखुलाइएकाले आफ्नो पार्टीले विरोध गर्नुपरेको पनि स्पष्ट पारे ।

नेता झाले सरकारले राज्य व्यवस्था तथा सुशासन समिलिते दिएको अनुसार सो विज्ञापन खारेज गर्न पहल नगरेर बालहठ देखाएको आरोप पनि लगाए ।