कपिलवस्तु – २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक् पक्राउ परेका छन् । जिल्लाको शिवराज नगरपालिका–८ बिस्नपुर बस्ने २२ वर्षीय डाक्टर यादवलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


घरका पुरूष सदस्य बाहिर गएको अवस्थामा महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले यादवलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले थप अनुसनधान गरिरहेको छ ।