एजेन्सी – विश्वकप क्रिकेटअन्तर्गत न्यूजिल्याण्डविरुद्धको खेल पानीले प्रभावित भएपछि अब भारतको लक्ष्य पाकिस्तानविरुद्धको खेल केन्द्रमा रहेको छ । भारतले पाकिस्तानसंग आइतबार खेल्दैछ ।


ADVERTISEMENT


चिर प्रतिद्वन्द्वी पाकिस्तानविरुद्धको ‘हाइप्रोफाइल म्याच’ पहिले भारतीय कप्तान विराट कोहलीले मुख खोलेको छन् । उनले जितका लागि सबैकुरा लगाउन तयार रहेको बताएका छन् । ‘


ADVERTISEMENT

# # #


पाकिस्तानविरुद्धको खेलमा हाम्रा खेलाडी सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब रहेको छ ।’ उनले भने, ‘केही वर्षदेखि यी दुई टिमबीचको खेल कडा प्रतिस्पर्धाका रुपमा रहँदै आएको छ । यो दुनियाँकै सबैभन्दा शानदार खेल हो । त्यसकारण यसमा खेल्न पाउनु गर्वको कुरा हो ।’

यस खेलका लागि भारतीय टिम तयार रहेको भन्दै उनले भने, ‘हामी आफ्नो उत्कृष्ट दिनेछौँ । पाकिस्तानविरुद्ध हामी परिस्थिति अनुसार रणनीति तयार गर्नेछौँ ।’