काठमाडौं – विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध भारतले टस हारेर ब्याटिङ गरिरहेको छ ।


ADVERTISEMENT


इंग्ल्यान्डको म्यान्चेस्टरमा पाकिस्तानले टस जितेर बलिङ रोजेपछि भारतले ब्याटिङ गरिरहेको हो। दुबै टिम आफ्नो देशको प्रतिष्ठाको लडाईँको रुपमा लिदै जित हात पार्ने दाउँमा हुनेछन् ।


ADVERTISEMENT

# # #


विश्वकप क्रिकेटकै सबैभन्दा रोचक र उत्कृष्ट खेल आज पाकिस्तान र भारतबीच हुनेछ । जारी विश्वकपमा दुई खेलमा हार, एक खेलमा जित र एक खेलमा वर्षाको कारण अंक बाँडेको पाकिस्तान आजको खेल जसरी पनि जित्न चाहन्छ । यता, भारत भने तेस्रो जितको खोजिमा हुनेछ । पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको भारतले दोस्रो खेलमा अष्ट्रेलियालाई हराएको थियो ।

प्लेइङ इलाभेन

पाकिस्तान टिम

सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, मोहम्मद हफिज, सोहेब मलिक, सादब खान, मोहम्मद आमिर, हसन अली, वाहव रियाज, इमाद वासिम ।

भारत टिम

विराट कोहली (कप्तान) रोहित शर्मा, युजभिन्द्र चाहाल, महेन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, केएल राहुल, जस्प्रित बुमराह, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर ।