पर्सा – वीरगंज महानगरपालिमा कागजपत्र बिना चलेका ई–रिक्सालाई कारबाही गरिएको छ । महानगरका विभिन्न भागहरुमा सञ्चालित १ सय ६३ वटा रिक्सालाई शनिवार प्रहरीले कारबाही गरिएको हो ।


ADVERTISEMENT


इजाजत पत्र, सवारी चालक अनुमति पत्र र सवारी दर्ता किताब बिना ई–रिक्साहरु चलाईरहेको पाइएको हुँदा जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ई( रिक्सा चालकलाई कारबाही गरेको हो ।


ADVERTISEMENT

# # #


इजाजत पत्र नभएको १६ वटा, सवारी चालक अनुमती पत्र नभएको १ सय २१ वटा र सवारी दर्ता किताब नभएको २६ वटा गरी जम्मा १ सय ६३ वटा ईरिक्साहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।