एजेन्सी – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले सबैभन्दा चाँडो ११ हजार रन पूरा गर्ने खेलाडीमा आफ्नो नाम लेखाएका छन् ।


ADVERTISEMENT


‘मास्टरब्लास्टर’का नामले चिनिँदै आएका भारतीय पूर्वकप्तान सचिन तेन्दुल्करको रेकर्ड तोड्दै कोहली चाँडो ११ हजार रन बनाउने खेलाडी बनेका हुन् ।


ADVERTISEMENT

# # #


कोहीलीले २३० खेल खेलेका कोहलीले २२२ इनिङमा नै ११ हजार रन कटाएका छन् । आइतबार भारत र पाकिस्तानबीचको खेलमा ५७ रन बनाएसंगै यो उपलब्धी हात पारेका हुन् । यसअघि यो कीर्तिमान सचिन तेन्दुल्करका नाममा रहेको थियो । उनले २८४ खेल खेल्दा २७६ इनिङमा यो रेकर्ड बनाएका थिए ।

कोहली ११ हजार रन बनाउने तेस्रो भारतीय क्रिकेटर बनेका हुन् । सौरभ गाँगुलीले पनि ११ हजार रन कटाएका छन् । उनले २९८ रनमा उक्त स्कोर चुमेका थिए ।