एजेन्सी – इङ्ल्याण्डमा जारी विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार श्रीलंका र दक्षिण अफ्रिका बीचको पहिलो इनिङ चलिरहेको थियो । टस हारेर श्रीलंका ब्याटिङ गरिरहेको थियो ।


ADVERTISEMENT


खराब सुरुवात गरेर दबाबमा आएको श्रीलंका दक्षिण अफ्रिकाविरुद्ध संघर्ष गर्दै थियो । खेलको ४८ औँ ओभर चलिरहँदा इङ्ल्याण्डको चेस्टर ली स्ट्रिटस्थित रिभरसाइड क्रिकेट ग्राउण्डमा एउटा अनौठो दृश्य देखियो ४७.५ ओभरमा श्रीलंका १९४ ८ को कमजोर अवस्थामा हुँदा एकाएक मौरीको हुल प्रवेश गर्यो ।


ADVERTISEMENT

# # #


मौरी आएपछि खेलाडी तथा अम्पाएरहरु मैदानमा पल्टिए । खेल ५–१० मिनेट प्रभावित बन्यो । आइसीसीका अनुसार यस्तो घटना पहिले पनि भएको थियो । यसअघि पनि यी दुई टोलीको खेलमा नै मौरी मैदान प्रवेश गरेका थिए ।

२ वर्ष पनिले २०१७ फेब्रुअरीमा दक्षिण अफ्रिकाको जोहान्सवर्गमा भएको एकदिवसीइ खेलमा पनि भएको छ । मौरीको हुल मैदानमा आएपछि करिब डेढ घण्टा खेल प्रभावित भएको थियो । जुन दिन दक्षिण अफ्रिकी टिम गुलाबी रंगमा खेलिरहेको थियो ।