बिराटनगर । युवासंघ नेपाल एक नम्बर प्रदेशले राष्ट्रिय वृक्षारोपण कार्यक्रम अन्तर्गत शनिबार प्रदेशका चौध वटै जिल्लाहरुका बिभिन्न ठाउँहरुमा एकैपटक वृक्षारोपण गरेको छ । युवासंघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नम्बर एकका संयोजक पर्शुराम बस्नेतले प्रदेशभरी नै वृक्षारोपणको राष्ट्रिय चाड मनाईएको जानकारी दिए ।


ADVERTISEMENT


प्रदेश न १ आन्तरिक मामिला तथा कानुन मन्त्री एवं नेकपाका केन्द्रीय सदस्य हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा बेलबारी ८ सिंहदेबि सामुदायिक बन क्षेत्रमा बेलका बिरुवा हरु रोप्ने कार्यक्रम भएको छ ।


ADVERTISEMENT

# # #


यस्तै, नेकपाको केन्द्रिय निर्णय तथा निर्देशन अनुसार मदन जयन्तिको अवसर पारेर पर्यावरणको सुरक्षाका लागि देशब्यापि वृक्षारोपण अभियानका क्रममा झापाको कनकाइ नपा ८ स्थित सिमलडाँडा पर्यटकीय क्षेत्रमा युवा संघ नेपालका उपाध्यक्ष एवं एक नम्बर प्रदेश प्रमुख पर्शुराम बस्नेत, संघका सचिवालय सदस्य रविन थापा तथा पार्टि प्रदेश कमिटीका सद्स्य र जिल्ला सचिव बिजय साम्पाङ्को लगायतले वृक्षारोपण कार्यक्रममा सहभागिता जनाएका छन् ।

प्रधानमन्त्रीको समृद्ध देश सुखी नेपालीको महत्वकाँक्षामा युवाहरुलाई परिचालन गर्दै स्वच्छ वातावरण सुन्दर देश बनाउन युवा संघले भुमिका खेल्ने बस्नेतले बताए ।