काठमाडौँ – आईसीसी विश्वकपमा शनिवार भएको रोमाञ्चक खेलमा पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले हराउँदै प्रतियाृगिताको सेमिफाइनल पुग्ने आशालाई जीवितै राखेको छ । यद्दपी पाकिस्तानलाई आफ्नो प्रदर्शन भन्दा पनि अफगानिस्तानको स–साना गल्तीका कारण जित मिल्यो ।


ADVERTISEMENT


अफगान कप्तानको गलत निर्णय


ADVERTISEMENT

# # #


अफगानिस्तानका कप्तान गुलबादिन नइबको गल्तीले पाकिस्तानले शनिबार कठिन जित हात पार्यो । उनको सबैभन्दा ठूलो गल्ती अन्तिम ओभरमा बलिङमा आउनु थियो । यो यस कारण गलत थियो कि उनले आफ्नो पछिल्लो ओभरमा मात्रै १८ रन खर्चिएका थिए ।

पछिल्लो ओभर नराम्रो हुँदाहुँदै अन्तिम ओभरमा पनि आफै आउनु आफैमा गलत निर्णय थियो । जबकी उनीसंग शमिउल्लाह शेनवारीजस्तो राम्रो विकल्प थियो । शेनवारीले पछिल्लो ओभरमा मात्र ३ रन दिएका थिए । तर, नइबले यस्तो गरेनन् । १८ रन लटाएपछि पनि उनै बलिङमा आफै अघि सरे । जसको परिणाम पाकिस्तानले ३ विकेटको जित हासिल गर्यो ।

नइबको एक अर्को गल्ती

अन्तिम ओभरमा पाकिस्तानलाई जितका लागि ६ रनको आवश्यकता थियो । पाकिस्तानलाई पहिलो र दोस्रो बलमा १-१ रन मिल्यो । तर, तेस्रो बलमा गुलबादिन नइबलाई इमाद वासिमलाई रनआउट गर्ने मौका थियो । तर उनले हातमै आएको बल समात्न सकेनन् । यदि यो रन आउट भएको भए खेलको नतिजा अर्कै हुनसक्थ्यो । त्यसपछिको बलमा चौका हान्दै वासिमले पककिस्तानलाई कठिन जित दिलाए ।