काठमाडौं – उपत्यकाकै प्रसिद्ध विभिन्न कस्टुमाइज्ड उत्पादनहरु बनाउने पिन्चेस् आर्टकोरले दरबारमार्गको टाइमस् स्क्वायर मलमा आफ्नो दोस्रो आउटलेट संचालनमा ल्याएको छ ।


ADVERTISEMENT


एक वर्षको सफलतापूर्वक व्यापार तथा ग्राहकहरुको बढ्दो मागले गर्दा पिन्चेस् आर्टकोरलाई दरवारमार्गमा सेवा विस्तार गर्न उत्प्रेरित गरेको कम्पनीले जनाएको छ । पिन्चेस् आर्टकोरको फाउण्डर तथा सीईओ श्रेय जोशीले दरबारमार्गमा सञ्चालनमा आएको आउटलेटले ग्राहकहरुलाई सहयोग पुग्ने विश्वास व्क्त गरिन् ।


ADVERTISEMENT

# # #


‘हामी दरबारमार्गमा नयाँ आउटलेट खोल्न पाउँदा अत्यन्तै खुसी छौं ।’ उनले भनिन्, ‘म विश्वस्त छु कि यो विस्तारसँगै ग्राहकहरुलाई हामीसम्म आईपुग्न कुनै कठिनाइको सामना गर्नुपर्ने छैन ।’

पिन्चेस् आर्टकोरले ग्राहकहरुलाई विभिन्न कस्टुमाइज्ड उत्पादनहरु जस्तै कुसन, किरिङ ,कोस्टर, ब्राइड रोब, मग, टम्बलर, मोबाइल कभर, मोबाइल ग्रीप, नोटबुक, स्यास्, क्याउन नेम स्ट्यान्ड, बक्स लकेट, माउस प्याड, फोटो प्रप्, बुकमार्क लगायतका इच्छा अनुसारको आर्ट गरेर कस्टुमाइज्ड उत्पादनहरु बिक्री वितरण गर्दै आइरहेको छ ।

पिन्चेस् आर्टकोरले सन् २०१८, फेब्रअरी १ तारिकबाट बत्तिसपुतलिमा आउटलेट खोलेर ग्राहकहरुलाई सेवा पुर्याउदै आइरहेको छ । त्यसभन्दा पहिला यस आर्टकोरको संचालक श्रेय जोशी फ्रिल्यान्स आर्टिस्ट थिइन् र अर्डर अनुसार वाल आर्ट र ह्यान्ड पेन्टेड टिसट बनाउन गरेकी थिइन् ।

पिन्चेस् आर्टकोर युवामाझ नवीनतम डिजाइन र पर्सनलाइज्ड टचका लागि प्रसिद्ध छ ।