काठमाडौं – काम विशेषले भारतमा गएका कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्लाका सुरेन्द्र सिंह माल आफुलाई जबरजस्ती लिङग परिवर्तन गराएको भन्दै मिडियामा आएका छन ।


ADVERTISEMENT


मंगलवार रिपोटर्स क्लब नेपालमा आफ्ना बुवासँगै आएका पीडित मालले आफुलाई न्याय र बाँच्न पाउने आधारको खोजी गरेको स्पष्ट पारे । नेपालमा कक्षा १२ सम्मको पढाई सकेर काम र पढाईको सिलसिलामा भारतको जम्बु गएको बेला भारतको मेरठ घर भएका इलियास नाम गरिएका ब्यक्तिले आफुलाई अहिलेको हालतमा पुर्याएको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


उनले भने, ‘मलाई इलियासले अपहरण गरेर लामो समय मलाई थाहै नभएका विभिन्न ठाउँमा राख्ने र विभिन्न काममा लगाउने काम गरे ।’

सोही अवधिमा त्यहीँको एक अस्पतालमा आफुलाई बेहोस बनाएर जवरजस्ती आफ्नो लिङग परिवर्तन गराउने काम भएको उनले सुनाए। उनले घट्ना स्मरण गर्दैै भने, ‘म त्यहाँ कुनै होटेलमा वेटरको काम गरिरहेको थिएँ, त्यही बेला एक जना नेपाली तेश्रो लिङगी महिलाले मलाई यहाँभन्दा दोब्बर तलब पाउने प्रलोभन देखाई आफ्नो डेरामा लगेर गएका थिए ।’

एक-दुई दिन आफुलाई कुनै काम नलगाएपनि पाकिस्तानले वायुमा कुनै हानिकारक ग्याँस छोडेको जनाउदै त्यसको एन्टीवायोटिक औषधिको रुपमा आफुलाई अस्पतालबाट एक जना डक्टर र नर्स बोलाएर सिरिन्ज लगाएको र त्यसपछि होसमा आउँदा फेरि सिरिन्ज लगाएर महिनौंसम्म बेहोस बनाएर राखेको उनको भनाई छ । आफुलाई चार-पाँच दिनमा होसमा आउदा पुनः सिरिन्ज लगाएर बेहोस बनाई राखेको भन्दै उनले यस्तो प्रक्रिया तीन महिनासम्म चलेको उनले सुनाए । उनले थपे, ‘करिव साढे तीन महिनापछि मलाई थाहै नभएको अस्पतालबाट पुनः जम्बु ल्याए ।’

आफुलाई जहाँ लैजाँदा पनि बेहोस बनाएर लैजाने गरेका कारण आफुलाई कहाँ, किन र के कारणका लागि लैैजाँदैछ भन्ने कुनै थाहा नभएको पनि उनले सुनाए । आफुलाई अस्तपालमा राख्दा महिलाको अंग बढाउने औषधि चलाएका कारण आफुमा महिलाको ‘हर्मोन’ विकास भएको उनले स्पष्ट पारे।

आफ्नो लिङग परिवर्तन गराईसकेपछि दुई वर्षसम्म समलिङगीको समूहमा राखेर पैसा माग्न लगाउने, उनीहरुका कामहरु गर्न लगाउने र कमाएको पैसा लुटेर लैजाने गरेको पनि उनले बताए । आफ्नो गोप्य अंग काटेर फालेको र लिङग परिवर्तन गराएको कुरा महशुस भएपछि आफुलाई सोध्नेसम्मको आँट नभएको उनको भनाई छ ।

उनले अहिले आएर आफूमा महिलासम्बन्धी विचारहरु आएपनि आफु पूर्ण महिलाको रुपमा विकास भैनसकेको पनि सुनाए । पिसाब गर्दा पनि समस्या हुने गरेको उनको गुनासो थियो । ‘मलाई नपुसक बनाईयो । मर्न जाँदा आमा पनि संगै मर्न जान खोज्छिन । परिवारको जर्रो टार्न कामको लागि भारत गएको थिएँ । अहिले आफ्न्तको अगाडि मलाई बाँच्न नसक्ने बनाईयो ।’–उनको भनाई छ ।

आफुमा बाँच्ने कुनै रहर नभएको बताउँदै उनले यो उमेरमा आफुलाई यस्तो हालतमा पुर्याउनेको हालत आफ्नैजस्तै होस भन्ने पनि चाहना व्यक्त गरिन् । ‘सरकार म बाँच्न चाहान्छु । मलाई केहि गरेर खाने वातावरण बनाई दियोस’ उनले भनिन् । काठमाडौँमा आफु न्याय माग्नको लागि आएको उनले सुनाए । उनले थपे,‘म काठमाडौंमा अलपत्रजस्तै परेको छु, सरकारसंग मेरो एउटामात्रै आग्रह भनेको मलाई बाँच्ने आधार र वातावरण बनाईदिनुपर्यो ।’

कञ्चनपुर प्रहरी कार्यालयमा उजुरी दिँदा प्रहरीले उजुरी लिन नमानेको उनको भनाई छ । आफुले प्रहरीसंग उक्त केसमा मुद्दा दर्ताको बिषयमा जानकारी लिन खोज्दा उल्टै आफ्ना दाजुलाई दुई घण्टासम्म थुनामा राखेको पनि उनको भनाई छ