रत्ननगर, चितवन– चितवनमा विभिन्न सात स्थानमा झोलुंगे पुल निर्माण सम्पन्न गरिएको छ ।


ADVERTISEMENT


अधिकांश पुल चितवनको पहाडी क्षेत्रमा निर्माण भएको जिल्ला प्राविधिक कार्यालय, चितवनका प्रमुख दीपककुमार दासले जानकारी दिए।


ADVERTISEMENT

# # #


उनका अनुसार गएको एक वर्षमा लक्ष्यअनुसारका सबै पुल निर्माण सम्पन्न भएको छ । योसँगै चितवन जिल्लामा अहिलेसम्म ५६ वटा पुल निर्माण गरिएको कार्यालयले जनाएको छ ।

आव २०७३/७४मा जिल्लाको साविक कविलास गाविसमा दुई, कोराकमा दुई, लोथरमा दुई तथा चण्डिभञ्याङको खानीखोलामा एक गरी सातवटा पुल निर्माण भएको कार्यालयका इन्जिनियर राजेश कोइरालाले जानकारी दिए ।

उनले उपभोक्ता समितिमार्फत नै सबै पुल निर्माण गरिएको जानकारी दिए । सबै पुल निर्माणमा झण्डै रु तीन करोड ५० लाख खर्च भएको छ । ती पुल ६३ देखि ११७ मिटरसम्मका छन् ।

यसअघि आव २०७२/७३मा लोथरको थेटार, काउलेको धराङखोला र लामाटार, चण्डिभञ्याङको तुन्टेस, दाहाखानीको घट्टेखोला र शक्तिखोरको शक्तिखोलामा पुल निर्माण गरिएको थियो ।

घण्टौँ समय लगाएर हिँड्नुपर्ने गाउँमा झोलुंगे पुलले सहज पारिदिएको छ