काठमाडौँ –  क्रिकेटको ‘मक्का’ भनेर चिनिने एतिहासिक लर्डस् मैदान क्रिकेट विश्वकपको एक नयाँ ‘च्याम्पियन’ दिनका लागि तयार छ । जसका लागि दुई फाइनल खेल्ने टोली तय भएका छन् । न्यूजिल्याण्ड वा आयोजक इङ्गल्याण्डमध्ये एउटाले पहिलो पटक विश्वकपको ट्रफी उचाल्नेछन् ।


ADVERTISEMENT


२७ वर्षपछि फाइनल पुगेको इङ्गल्याण्डलाई घरेलू मैदानको फाइदा


ADVERTISEMENT

# # #


इङ्गल्याण्ड २७ वर्षपछि विश्वकपको फाइनल पुगेको छ । यो उसको चौथो फाइनल हो । योभन्दा अघि तीन पटक फाइनल खेलेपनि ट्रफी भने आजसम्म जित्न सकेको छैन । घरेलू मैदानको फाइदा उठाउँदै पहिलो पटक विश्वकप ट्रफी उचाल्ने अवसर इङ्गल्याण्डसामू रहेको छ । अष्ट्रेलियालाई सेमिफाइनलमा हराउँदै इङ्गल्याण्ड फाइनल पुगेको हो ।

तीव्र गतिका बलर क्रिस वोक्स र जोफ्रा आर्चरले इङ्गल्याण्डको बलिङ्गको अगुवाई गर्नेछन् । अन्तिमसम्म ब्याटिङ्ग लाइन अफ रहेको इङ्गल्याण्डका लागि ओपनर जासन रोय र जन्नी बियरेस्टो उत्कउष्ट लयमा रहेका छन् । यस्तै कप्तान इओइन मोर्गान, जोय रुटले पनि उत्कृष्ट पारी खेल्दै आएका छन् ।

न्यूजिल्याण्डको हतियार बलिङ्ग

न्यूजिल्याण्डले उपाधीको दाबेदार मानिएको भारतलाई हराउँदै दोस्रो पटक फाइनल पुगेको छ । यसअघि २०१५ मा अष्ट्रेलिया र न्यूजिल्याण्डमा भएको विश्वकपमा न्यूजिल्याण्ड अष्ट्रेलियासंग पराजित भएको थियो । पहिलो पटक उपाधी हात पार्ने लक्ष्य न्यूजिल्याण्डले राखेको छ ।

जारी विश्वकपमा न्यूजिल्याण्डको बलिङ्ग राम्रो रहेपनि ब्याटिङ्ग भने कप्तान केन विलियम्सन र रस टेलरको काँधमा रहेको छ । त्यसकाण दुई खेलाडीमा मात्र भर पर्दा नतिजा राम्रो नआउन सक्छ ।