काठमाडौँ – लोक सेवा आयोगले समावेशी सिद्धान्तविपरीत स्थानीय तहमा विज्ञापन खुलाएको विरोधमा नेपाल आदिवासी जनजाति महासंघले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।


ADVERTISEMENT


माइतीघमरमा आयोजित प्रदर्शनमा दलित, जनजाति, मधेशी, महिला, मुस्लिम, अपांगता भएकाहरुलगायतका समुदाय सहभागी थिए । विरोधका लागि सुन्धारा, बानेश्वर र थापाथलीबाट निकालिएको र्याली माइतीघर मण्डलामा पुगेर कोण सभामा परियात भएको थियो ।


ADVERTISEMENT

# # #


लोकसेवा आयोगले विज्ञापन नसच्याएर परीक्षा सञ्चालन गरे परीक्षा केन्द्रमा प्रदर्शन गर्ने र प्रश्नपत्र च्यात्नेसम्म उनीहरुले चेतावनी दिएका छन् ।

पाँच सय ५५ स्थानीय तहका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसका आधारमा आयोगले जेठ १५ गते नौ हजारभन्दा बढी पदका लागि विज्ञापन खुलाएको थियो।