काठमाडौँ – स्थानीय तहको पदपूर्तीका लागि लोक सेवा आयोगले खोलेको विज्ञापन खारेजीको माग गर्दै प्रदर्शन गरिएको छ । लिखित परीक्षा सुरु हुन दुई दिनमात्र बाँकी रहँदा आदिवासी जनजाति महासंघ लगायतका संघसंस्थाले बिहीबार आयोगको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT


आयोगले समावेशी सिद्धान्तविपरीत स्थानीय तहमा विज्ञापन खुलाएको भन्दै जनजाती महासंघ लगायतका संघसंस्था लामो समयदेखि आन्दोलनरत छन् । मंगलबार मात्रै उनीहरुले माइतीघर मण्डलामा व्यापक विरोध सभाको आयोजना गरेका थिए ।


ADVERTISEMENT

# # #


यो मामला सर्वोच्च अदालतमा समेत पुगेको थियो । सर्वोच्चले विज्ञापन खारेज गर्न नपर्ने फैसला गरेपछि लोक सेवा आयोग परीक्षा सञ्चालनको तयारीमा छ । यसअन्तर्गत शुक्रबारबाट परीक्षा सुरु हुँदैछ ।

५१५ स्थानीय तहका लागि नौ हजार १६१ कर्मचारी माग गर्दै आयोगले गत जेठ १५ देखि असार १७ गतेसम्म आवेदन माग गरेको थियो ।