काठमाडौँ – प्रभु बैँकले निक्षेकर्ताहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले बचत खाता र तलब खातामा दुई किसिमका बीमा सेवा उपलब्ध गराउने भएको छ । बैैँकले बुधबारदेखि लागू हुनेगरी औषधोपचार र दुर्घटना बिमा सुविधा सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT


यो सुविधाको माध्यमबाट ‘प्रभू वेलकम सेभिङ’ र ‘प्रभू स्यालरी सेभिङ’ खाता योजना अन्तर्गत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरुमा निक्षेकर्ताहरुको औषधोपचार बिमा बापत ३ लाख रुपैयाँ र दुर्घटना बिमा बापत रु १० लाखसम्मको जोखिम बैंकले वहन गर्नेछ ।


ADVERTISEMENT

# # #


बैँकका अनुसार बीमा सुविधाले यी दुइ बचत खाता योजना अन्तर्गत खाता हुने निक्षेप ग्राहकले देशका विभिन्न अस्पतालहरुमा भर्ना भइ उपचार गर्नुपर्ने बिभिन्न १५० प्रकारका रोगहरुको उपचार पश्चात बीमा दाबी गर्नसक्नेछन् ।

इस्तै अकल्पनिय दुर्घटनाबाट हुनसक्ने मृत्यु बापतको राहत परिवारले बिमा दावी गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।