काठमाडौँ – स्थानीय तहको पदपूर्तीका लागि लोकसेवा आयोगले खोलेको विज्ञापन खारेजीको माग गर्दै आरक्षण बचाउ आन्दोलनले विरोध प्रदर्शन गरिएको छ ।


ADVERTISEMENT


प्रदर्शनका क्रममा तराई मधेस राष्ट्रिय परिषदले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । आयोगले समावेशी सिद्धान्तविपरीत स्थानीय तहमा विज्ञापन खुलाएको भन्दै जनजाती महासंघ लगायतका संघसंस्था लामो समयदेखि आन्दोलनरत छन् ।


ADVERTISEMENT

# # #


५१५ स्थानीय तहका लागि नौ हजार १६१ कर्मचारी माग गर्दै आयोगले गत जेठ १५ देखि असार १७ गतेसम्म आवेदन माग गरेको थियो । जसको विरुद्धमा सर्वोच्चमा मुद्दा परेपनि सर्वोच्चले विज्ञापन खारेज गर्न नपर्ने फैसला गरेको थियो ।

सर्वोच्चको आदेशपछि शुक्रबार केहीको परीक्षा सम्पन्न भएको छ ।