काठमाडौँ – टी–२० विश्वकप छनोको एशिया फाइनलका लागि नेपालले तयारी पूरा गरेको छ । सिंगापुरमा हुने प्रतियोगिताको लागि नेपालले मलेसियामा तयारी गरेको थियो ।


ADVERTISEMENT


पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोली गत असार २३ गते मलेसिया प्रस्थान गरेको थियो । त्यहाँ रहँदा नेपालले मेलेसियाको राष्ट्रिय टिमसंग दुई खेलको टी–२० सिरिज खेलेको थियो । जुन नेपालले ‘क्लीनस्विप’ गरेको थियो । तयारी सम्पन्न गरेसंगै नेपाली टिम शनिबार मलेसियाबाट सिंगापुर प्रस्थान गर्नेछ ।


ADVERTISEMENT

# # #


एशिया क्षेत्र फाइनल आगामी साउन ६ देखि सुरु हुँदैछ । जहाँ एशिया पूर्वी क्षेत्रबाट आएका नेपालसहित आयोजक सिंगापुर, मलेसिया हुनेछन् भने एशिया पश्चिमबाट कतार र कुवेत रहेका छन् । नेपालले आफ्नो पहिलो खेल २३ जुलाई अथार्त साउन ७ गते कतारविरुद्ध खेल्दैछ ।

प्रतियोगिताको विजेता टोली आगामी अक्टोबरमा युएईमा हुने विश्वकप छनोटका लागि छानिनेछ । त्यहाँ १४ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमध्येका उत्कृष्ट ५ टिम सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।