काठमाडौँ – केही दिनदेखि रोकिएको मनसुन पुनः सक्रिय हुने भएको छ । मत्थर हुँदै गएको वर्षा शनिबारदेखि फेरि सक्रिय हुने बाटोमा अग्रसर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


ADVERTISEMENT


मौसनविद् मञ्जु बासीका अनुसार शनिबारदेखि सुरु भएको हल्का वर्षा सोमबारदेखि भारी वर्षामा परिणत सम्भावना रहेको भएको छ । “शनिबार र आइतबार हुँदै सोमबार पुग्दा मनसुनी वर्षा भारी वर्षामा परिणत हुने सम्भावना छ,” उनले भने, “मध्य र पूर्वका अधिकांश भूभागमा भारी वर्षा हुनसक्छ । ”


ADVERTISEMENT

# # #


विशेषगरी काठमाडौँ क्षेत्रमा अबको केही दिन भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता राति र दिनमै पनि केही समय चर्को वर्षा राजधानीमा हुने गरेको छ । निकै आकाश खुले पनि छिनमै बादल लागेर भारी वर्षा भइरहँदा राजधानीका ठूला तथा साना नदीमा बाढी आउन सक्ने उनी बताउँछिन् ।

मनसुनको न्यूनचापीय रेखा नेपालको दक्षिणमा रहे पनि बङ्गालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको असरले मध्य र पूर्वमा मनसुन फेरि सक्रिय हुन थालेको उनको भनाइ थियो । अबको तीन दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने भविष्यवाणी महाशाखाले गरेको छ । अचानक पानी पर्ने र रोकिने गर्दा पनि बाग्मती, विष्णुमती लगायतका नदीमा जलसतह बढ्ने–घट्ने प्रक्रिया चलिरहेकाले सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले भनेको छ ।

दुई÷तीन दिन बहाव सतर्कता तहभन्दा तल रहे पनि साउन ८ र ९ ताका मध्य तथा पूर्वी भेगको नदीको बहाव उच्च हुने भएकाले सतर्कता अपनाउनुपर्ने भनाइ महाशाखाको छ ।

सार २६, २७ र २८ गते अविरल परेको वर्षाका कारण मध्य र पूर्वका नदीमा बाढी आउँदा तराई क्षेत्र डुबानमा परेको थियो ।

यस्तो हुनेछ आगामी तीन दिनको मौसम

आइतवार

दिउँसो : देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ।

राती : देशको पुर्वी भु-भागमा सामान्य देखि पुर्ण बदली साथै मध्य र पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। पुर्व र मध्यका एक दुई स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ ।

सोमबार

दिउँसो : देशको पुर्वी र मध्य भु-भागमा सामान्य देखि पुर्ण बदली साथै पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रहि पुर्वका अधिकांश स्थानमा साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। पुर्व तथा मध्यका एक दुई स्थानहरुमा भारि वर्षा  हुने सम्भावना छ ।

राती : देशको पुर्वी र मध्य भु-भागमा सामान्य देखि पुर्ण बदली साथै पश्चिमी भु(भागमा आंसिक देखि सामान्य वदली रही देशको पुर्वी तथा मध्यका अधिकांश स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरूमा वर्षा हुनेछ । देशको पुर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ ।

मंगलबार

दिउँसो : देशको पुर्वी र मध्य पुर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य वदली रहि पुर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। देशको पुर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ । पुर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

राती : देशको पुर्वी र मध्य पुर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य वदली रहि पुर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। देशको पुर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ । पुर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।