काठमाडौँ – निर्माता तथा निर्देशक छवि ओझाविरुद्ध बहुविवाहको मुद्दा दर्ता भएको छ । छविकी जेठी श्रीमती हेमा ओझाले नायिका शिल्पा पोखरेल र आफ्ना पति छवि ओझाविरुद्ध मुद्दा हालेकी हुन् ।


ADVERTISEMENT


हेमाले महानगरीय प्रहरी वृत्त गौशाला पुगेर छवि र शिल्पाविरुद्ध उजुरी हालेकी हुन् । उनले आफूसंग सम्बन्ध कायम रहँदा रहँदै छवीले शिल्पासंग विवाह गरेको भन्दै उजुरी दिएकी छन् । हेमा ओझासँग छविले १९ वर्षको उमेरमा बिहे गरेका थिए। हेमाबाट उनका दुई छोरासमेत छन्।


ADVERTISEMENT

# # #


पछिल्लो समय चौथो श्रीमतीका रुपमा भित्रिएकी नायिका शिल्पा र छविको सम्बन्ध छताछुल्ल भएको छ । उनीहरुले एक अर्कालाई आरोप प्रत्यारोप गर्दै सम्बन्धलाई लगभग विच्छेदको अवस्थामा पुर्याएका छन् ।