काठमाडौँ – सिंगापुरमा सोमबारदेखि सुरु भएको टी २० विश्वकपका एशिया छनोट प्रतियोगितामा नेपालले आफ्नो यात्रा मंगलबारदेखि सुरु गर्दैछ । नेपालले आफ्नो पहिलो खेल कतारसंग मंगलबार सिंगापुरको इण्डियन एशोसियसन मैदानमा खेल्दैछ ।


ADVERTISEMENT


खेल नेपाली समय अनुसार बिहान ७:१५ बजे सुरु हुनेछ । एशिया क्षेत्र छनोटको प्रमुख दाबेदार मानिएको नेपालसंगै आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । सोमबार भएका दुई खेलमा मलेसिया र सिंगापुर विजयी भएका छन् । सिंगापुरले कतारलाई ३३ रनले पराजित गर्यो भने मलेसियाले कुवेतलाई ४२ रनले पराजित गरेको थियो ।


ADVERTISEMENT

# # #


सम्बन्धित समाचार
टी-२० विश्वकपको एशिया छनोट : नेपाललाई स्तर कायम राख्ने चुनौति

नेपालले प्रतियोगिताका लागि मलेसियामा तयारी गरेको थियो । त्यहाँ रहँदा नेपालले मलेसियाको राष्ट्रिय टिमसंग दुई खेलको टी–२० सिरिज खेलेको थियो । जुन नेपालले ‘क्लीनस्विप’ गरेको थियो ।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टिममा ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, वसन्त रेग्मी, शरद भेषवाकर, विनोद भण्डारी, प्रदीप ऐरी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी, अभिनाश बोहरा र पवन सर्राफ रहेका छन् ।