काठमाडौँ – सिंगापुरमा जारी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटमा नेपालले पहिलो खेलमै हार ब्यहोरेको छ । मंगलबार भएको खेलमा नेपाल कमजोर कतारसंग ४ विकेटले पराजित भएको हो । पहिलो हारसंगै नेपालको ग्लोबल छनोट पुग्ने सम्भावना कठिन बन्नसक्नेछ ।


ADVERTISEMENT


सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १२२ रन मात्रै बनायो । १२३ रनको सामान्य लक्ष्य पच्छ्याएको कतारले १९.२ ओभरमा ६ विकेट गुमाउँदै १२४ रन जोडर सनसनीपूर्ण जित हात पार्यो ।


ADVERTISEMENT

# # #


कतारका लागि इमाम उल हकले सर्वाधिक ४१ रन बनाए । उनले ३२ बलमा ६ चौका हाने । यस्तै कमरान खान २२, जाहिर इब्राहिम १२ र मोहम्म्द तानविरले ११ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । ४ ओभरमा ३३ रन दिएका उनले ४ चौका र २ छक्का खाए । यस्तै करण केसीले १ विकेट लिए ।

नेपालका यसअघि ओपनिङमा आएका कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए । तर ५.६ ओभरमा कप्तान पारस ब्यक्तिगत २८ रनमा आउट भएपछि नेपालको विकेट पतन सुरु भयो । दोस्रो विकेटको रुपमा ज्ञानेन्द्र २३ रनमा आउट हुँदा नेपालको स्कोर ५८ रन थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उकास्न खोजेका थिए । उनले सर्वाधिक ३४ रन बनाए । त्यस्तै, सोमपाल कामीले ११ र सन्दीप लामिछानेले ९ रन बनाउनबाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।