काठमाडौँ – प्रतिनिधि सभाका सांसदहरुले एक दिनको तलब प्रधानमन्त्री दैवि प्रकोप राहत कोषमा जम्मा गर्ने भएका छन्।


ADVERTISEMENT


प्रतिनिधिसभाको बैठकले तलब काटेर बाढीरपहिरो पीडितको राहत तथा उद्दारमा खर्च गर्न सहमति दिएको हो। सभामुख कृष्णबहादुर महराले बैठकमा एक दिनको तलब कोषमा जम्मा गर्ने प्रस्ताव राखेका थिए। उक्त प्रस्तावमा सभाले सहमति जनाएको हो।


ADVERTISEMENT

# # #


हाल प्रतिनिधिसभाका सांसदको तलब मासिक ५५ हजार २ सय ३० रुपैयाँ रहेको छ। सभामुखको मासिक तलब ६७ हजार ३ सय २०, विपक्षी दलको नेता, उपसभामुख प्रमुख सतेचक र समिति सभापतिहरुको तलब ६० हजार ९ सय ७० र सचेकतको तलब ५७ हजार ७ सय ८० रुपैयाँ रहेको छ।

प्रतिनिधिसभा बैठकले बाढीपहिरोबाट निधन भएकाहरुमा श्रद्धाञ्जली व्यक्त गरेको छ। त्यस्तै राहत उद्दारमा जुट्न सरकार, स्थानीय तह, संघ ‌संस्था, राजनीतिक दललाई अपिल गरेको छ।