एजेन्सी – डिस्कभरि च्यानलको प्रसिद्ध साहसक टिभि शो ‘म्यान भर्सेस वाइल्ड’मा अब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि देखिने भएका छन् । शोका प्रस्तोता बियर ग्रिल्सले मोदीसंगको कार्यक्रमको टिजर सार्जजनिक गरेका छन् ।


ADVERTISEMENT


रिलिज गरिएको टिजरमो ग्रिल्ससंगै मोदी साहसिक यात्रामा निस्किएको देख्न सकिन्छ ।


ADVERTISEMENT

# # #


प्रस्तोता ग्रिल्सका अनुसार उक्त शो १८० देशका दर्शकले हेर्नेछन् । ४५ सेकेण्डको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले मोदीका नदेखिएका पाटाहरु खुलाइएको बताएका छन् । ‘वन्यजन्तु संरक्षण र पर्यावरण परिवर्तनको बारेमा सचेतना फैलाउन जोखिम मोले र उनी भारतीय जंगल पुगेका छन्’ ग्रिल्सले भनेका छन् । कार्यक्रम आगामी अगस्ट १२ मा डिस्कभरि च्यानलमा आउने उनले बताएका छन् ।

ग्रिल्सको उक्त भिडियो अहिले भाइरल भइरहेको छ । अपलोड गरिएको ३ घण्टामै ट्वीटरमा उक्त भिडियो २० हजारभन्दा बढीपटक रिट्वीट भइसकेको छ । ग्रिल्सको उक्त भिडियोलाई रिट्वीट गर्दै मोदीले धन्यवाद दिएका छन् ।

उक्त शोमा यसअघि तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा पनि सहभागी भइसकेका छन् । जसमा उनले जलवायू परिवर्तनबारे कदम चाल्नुपर्ने सन्देशसहित अलस्काको ग्रामिण क्षेत्रमा ग्रिल्ससंग शो गरेका थिए ।